×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको चम्किलो प्रगति, खुद नाफा २४९.३१% ले वृद्धि (वित्तीय विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

समता लघुवित्तको चम्किलो प्रगति, खुद नाफा २४९.३१% ले वृद्धि (वित्तीय विवरणसहित)

काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २४९.३१% ले बढेर २ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको खुद नाफा ७३ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ७८.७६% र ५१८.८४% वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी ७ करोड ७ लाख २९ हजार आर्जन गरेको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ३ करोड ९५ लाख ६५ हजार रुपैयाँ मात्र रहेको थियो । 
  
यो चौथौ त्रैमाससम्ममा ४९ करोड ५९ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्व ३० करोड ९७ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष पनि मजबुत भएको छ । संस्थाको जगेडा कोष २८५.८५% ले बढेर ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
 यसको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यसै अवधिको तुलनामा २२ रुपैयाँ ८४ पैसाले बढेर ४२ रुपैयाँ ३२ पैसा पुगेको छ । समताको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: