सांग्रिला डेभलपमेन्ट बैंकद्धारा आर्थिक सहयोग

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुस्ताङ घरपोजङ गाउँपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा सुश्री रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ । 

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ । जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण  गराएको जानकारी दिए ।
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal