×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १०% सम्म छुट

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.द्वारा सञ्चालित  नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गतेबाट लागु हुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डा.सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: