×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलाको खलंगामा, छिटै ५ शाखा थपिदै

दार्चुला

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन गरे । 
समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: