प्लस टु पढ्न सानिमा बैंकले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौँ - सानिमा बैंकले विगत ७ वर्ष देखि प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष पनि बैंकले काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्नको लागि आवेदन खुला गरेको छ ।

उक्त छात्रवृत्तिका लागि विद्यार्थीले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ ।
प्रकाशित मिति : Tuesday, July 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal