×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल !

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि. ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई  चयन गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाईँ प्रमुख वित्त अधिकृत आर्यकरञ्जन बराल तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
सम्झौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने रु ६० करोड रकम बराबरको सेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पूर्ण कार्य बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रहेकोमा सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजिम रु २ अर्ब पुग्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: