नेप्सेमा २ कम्पनीको ७७ लाख ५१ हजार ६६५.२३ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?


काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका ७७ लाख ५१ हजार ६६५.२३ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूचिकृत हुनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लि. र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को सेयर सूचिकृत भएको छ। 

एनएमबि माइक्रोफाइनान्सको २ लाख ११ हजार ३१२.५ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
प्रकाशित मिति : Tuesday, July 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal