×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको ३ नयाँ शाखा विस्तार, शाखा सञ्जाल १५९ पुग्यो

भक्तपुर

काठमाडौँ – सिद्धार्थ बैंकले सोमबार (अषाढ ३० गते) काठमाडौँको नेपालटार तथा भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । 
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १५९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ ATM  र १,३०० भन्दा बढी POS मेसिन मार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: