×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिलको बोलकबोल जारी गर्दै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिलको बोलकबोल जारी गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यस पटक ९१ दिने ट्रेजरी बिल विक्री गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी बिल २०७६ साल कात्तिक २८ गते परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: