×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड फाइनान्सले गर्यो चम्किलो प्रगति, खुद नाफा ७०.६६% ले वृद्धि

काठमाडौं – युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार फाइनान्सको खुद नाफा ७०.६६% ले बढोत्तरी गरी १० करोड ९४ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यही अवधिमा खुद नाफा ६ करोड ४१ लाख ४८ हजार रुपैयाँ मात्र थियो । 
फाइनान्सको खुद ब्याज आम्दानी ३७.२८% ले वृद्धि गरी ३१ करोड २० लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी २२ करोड ७२ लाख ८५ हजार रुपैयाँ थियो । सञ्चालक नाफा १२२.४२% ले वृद्धि गरी १३ करोड ६९ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सञ्चालन नाफा ६ करोड १५ लाख रुपैयाँ रहेको थियो । 
युनाइटेडले यो अवधिसम्ममा ६ अर्ब ५५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८ करोड २३ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड २१ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ ।
यस फाइनान्सको खराब कर्जा ०.६५% रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७२ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: