×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले यस वर्ष ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउने, युवा उद्यमी सम्मेलनको समेत आयोजना हुँदै (भिडियो रिपोर्ट)

काठमाडौँ – सरकारले यस वर्षको ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेको छ ।  वा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आगामी श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गर्नु भएको हो । युवाहरुको समस्या र समाधानका उपायको खोजी हुने गरी सो दिवस मनाउने यस वर्षको तयारी रहेको पनि युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सरकारले श्रावण २७ गते युवा संवाद कार्यक्रम, युवा उद्यमीको सृजना प्रर्दशनी, युवा ¥यालीसहितको कार्यक्रम आयोजना गर्ने तयारी गरिएको पनि बताउनुभयो ।
राष्ट्रिय युवा परिषदको सहकार्यमा युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा उद्यमी सम्मेलनको समेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ । मन्त्री विश्वकर्माले युवाहरुलाई सत्मार्गका लगाउन सरकारले यस वर्षलाई युवा परिचालन वर्षको रुपमा मनाउने तयारी गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले युवाहरुलाई मुलुकको समृद्धिको अभियानमा सक्रीय सहभागी गराउन पनि अन्तराष्ट्रिय युवा दिवसलाई यस वर्ष भव्य रुपमा मनाउनु परेको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: