×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वित्तीय विवरण सार्वजनिक गरेका ६ वाणिज्य बैंकहरुमध्ये को कति बलियो ? कुन बैंकको लाभांश दिने क्षमता कति ?

काठमाडौँ । कुल २८ वटा वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंकले गत आर्थिक बर्ष चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाँकी २२ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गर्ने क्रममा रहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा ग्लोबल आईएमई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् । 
बैंकले सार्वजनिक गरेको वितरण अनुसार ग्लोबल आईएमई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ रहेको छ । यस बैंकले आफ्ना शेयरधनीहरुलाई २३.५७ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको विवरणमा उल्लेख छ ।
१ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको प्रभु बैंकको सेयरधनीहरुलाई १९.५० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिएको छ । 
यस्तै सानिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ रहेको छ भने सेयरधनिहरुलाई २०.३२ प्रतिशत लाभांश दिन सक्ने क्षमता समेत रहेको विवरणमा उल्लेख गरिएको छ । वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ६८ लाख  रुपैयाँ रहेको नेपाल एसबीआई बैंकको  १८.९० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ । 
त्यसैगरी माछापुच्छे बैंकको १ अर्ब ३२ करोड ०४ लाख रुपैयाँ वितरण योग्य मुनाफा छ भने यस बैंकको शेयरधनीहरुलाई लाभांश दिने क्षमता १६.३९  प्रतिशत रहेको छ । १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको सिटिजन्स बैंकको लाभांश दिन सक्ने क्षमता १३.३७ प्रतिशत रहेको सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: