×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रौतहटको घटनापछि झस्कियो बीमा क्षेत्र, महालक्ष्मीका सीईओ भन्छन्, ‘बुढि मरि भन्दा पनि काल पल्कने खतरा बढ्यो’

रौतहट । प्रभु लाइफ इन्सुरेन्स इन्स्योरेन्सबाट औने जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । 
हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ ।
 ‘बुढि मरि भन्दा पनि काल पल्कने खतरा बढ्यो’ : महालक्ष्मी लाइफका सीइओ
यता यस घटना सार्वजनिक भएपछि महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओले लेखेका छन्, ‘रौतहट मौलापुर न.पा.६ पथराका एक बाबुले बीमाको रकम पाउने लोभमा ४ बर्षिय अाफ्नो छोरीको नाकमुख थुनेर निर्मम तरिकाले मारेर पोखरीमा फाले।child policy मा बच्चाको मृत्युमा बाबुले कमाउने प्रलोभन र बच्चाको मृत्युमा एकमुष्ट भुक्तानि दिने बीमा कंपनिको गलत नीतिले रौतहट घटना भएको प्रष्ट हुन्छ । बुढि मरीभन्दा काल पल्कने खतराले बेलैमा सजग भई नीति बनाउन जरुरी देख्छु ।
१) child policy मा बच्चाको मृत्युमा बाबुले कमाउने गरी भन्दा बाबु-आमाको मृत्युमा बच्चाको बर्तमान र भबिष्य सुरक्षित हुने गरि बीमा कम्पनीले पोलिसि ल्याउनुपर्छ।
२)भारतमा बिगतमा बीमा रकम पाउने लोभमा गरिब परिवारले बच्चा मार्ने धटना बढेपछि सरकारले बच्चाको मृत्युमा बाबू/अामाले लाभ लिने गरि कुनै बीमा पोलिसि नल्याउन निर्देशन जारी गर्यो ।
३)नेपालमा बिगतमा बीमा रकम पाउने लोभमा बच्चा मार्ने घटना नभएकोले पुराना र केही नयाँ बीमा कम्पनीले बच्चाको मृत्युमा अा अाफ्नै तरिकाले सुबिधा दिने गरि पोलिसि प्रचलनमा ल्याएका छन् ।
४)रौतहटको घटना पछि बीमा समिति र सरकारले child policy मा बच्चाको मृत्युमा बाबुले सुबिधा पाउनेगरी बीमा पोलिसि ल्याउन रोक लगाउनुपर्छ र त्यस्ता पोलिसि पुराना कम्पनीको भए पनि अबउप्रान्त बिक्री बन्द गर्नु पर्छ।
५) child policy मा प्रस्तावक बाबू/अामाको मृत्यु वा स्थायी अपागं हुँदा बच्चाको भबिष्य सुरक्षित गर्न कसरी बढि भन्दा बढि सुबिधा राख्न सकिन्छ तेस तर्फ बीमा कंपनि लाग्नु पर्छ र बीमा समितिले पनि प्रोत्साहन गर्नुपर्छ ।
६) केही अभिकर्ताहरुले बुझेर नबुझेर बीमा पोलिसि बिक्रि गर्न कै लागि बिमाकं रकम दोब्बर हुने झुटो र गलत प्रलोभन देखाउदा लोभमा परेर गरिब ब्यक्तिले बच्चा नै मार्ने दुष्कर्म गरेको पाईयो, अतः अभिकर्तालाई सहि तालिम दिई सपना वा झुटो अास्वासन हैन पोलिसिको यथार्थ भनेर बिक्रि गर्न प्रोतसाहन गरिनुपर्छ ।
७)बीमा कम्पनीले पनि जे गरेर पनि बीमा पोलिसि अत्यधिक बिक्रि गर्ने गलत सोचले भन्दा सहि तरिकाले गुणस्तरिय ब्यापार गर्ने तर्फ लाग्नु पर्छ र अभिकर्तालाई गलत भ्रम फैलाई पोलिसि बेच्नबाट रोक्नुपर्छ।’

यो पनि पढ्नुहोस्
घोर कलियुग : प्रभु लाइफ इन्सुरेन्सको बीमा रकमको लोभमा बाबुले गरे छोरीको हत्या !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: