×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

असारे बजेट सक्ने ‘पिक टाइम’मा विप्लव नेकपाको ‘एक्सन’ : कैलालीका अधिकांश वडामा लगायाे भोटे ताल्चा !

कैलाली । कैलालीका सबैजसो वडा कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरिदिएका छन् । धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको पार्टीका एक स्थानीय नेतालाई उधृत गर्दै  अर्थ सरोकार सहकर्मी रेडियो लम्की एफएमका पत्रकार तिर्थ राज जैशीले बताएका छन् । 
वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाका वडा कार्यालयहरुसमेत तलाबन्दी गरिएको छ ।वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार तर्फ उल्मुख भएको भन्दै त्यसका विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । 
साढे आठ बजे रातीसम्म कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको थिए । उता गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय परिसरमा शंकास्पद बस्तु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: