×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७२ साल सम्बझाउने गरी यो बर्षकै ठुलो भूकम्पको धक्का महसुस, नागरिकहरु सडकमा !

काठमाडौँमा धेरैपछि ठुलो भूकम्भूपको धक्कका महसुस भएको छ । २०७२ साल सम्झाउने गरी भूकम्पको ठुलो धक्का महसुस भएको हो । भूकम्पपछि स्थानीय सडकमा छन् । २०७२ सालको महाभूकम्पपछि नेपालमा ठुलो क्षति भएको थियो । दिउँसो ४ बजेर १५ मिनेट जाँदा भुकम्प गएको हो ।
भूकम्प शनिबारकै दनि आएको र मौसम पनि खराब भएको भन्दै मानिसहरू थप त्रसित देखिएका छन । भूकम्पको धक्का काठमाडौँ आसपासका जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा, काभ्रे र सिन्धपाल्चोकसम्म धक्का महशुष गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टरस्केलको भूकम्प भक्तपुर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको हो । 
अहिलेसम्म उक्त संरचनाहरु पुनर्निर्माण हुन नसकिरहेको अवस्थामा यत्रो ठुलो भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्राहिमाम बनेका छन् । अरु समयभन्दा बढी नै ठुलो धक्का महसुस भएका हुनाले पनि स्थानीय त्राहिमाम भएका हुन् ।
बाँकी विवरण आउन बाँकी छ । 
यो समाचार पढ्न छुटाउनुभयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: