कास्कीको छिनेडाँडामा कामना सेवा विकास बैंकको शाखा विस्तार, शाखा सञ्जाल ९४ पुग्यो

छिनेडाँडाकाठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका सञ्चालक चतुराखर अधिकारी, सञ्चालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नु भएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal