×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न कांग्रेसलाई मन्त्री मात्रृकाप्रसाद यादवको चेतावनी (भिडियो रिपोर्ट)

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ । मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने आँट गरेको सरकारलाई काँग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति पनि जनाउनुभयो । काँग्रेसले आफूले कत्ति न जनतालाई अर्गानिक खुवाएको जस्तो पारामा सरकारलाई आलोचना गरेको मन्त्री यादवको भनाई छ । शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराउनु भयो । विषादी प्रकरणमा काँग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ ।
मन्त्री यादवले व्यापारीहरुलाई पनि बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गर्नुभयो । उहाँले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराउनुभयो । सरकार निजी क्षेत्रसँग मिलेर अघि बढन तयार रहेको पनि मन्त्री यादवले स्पष्ट पार्नुभयो ।
मन्त्री यादवले मुलुकमा उत्पादन वृद्धिका लागि पूँजीको अभाव नभएको दावी पनि गर्नुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: