×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले काठमाडौंमा वृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, के के छन् सम्मेलनका आकर्षण ? (भिडियो)

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले काठमाडौंमा वृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले यही असार १७ र १८ गते काठमाडौंमा वृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक परिस्थनाथ पौड्यालले वित्तिय साक्षात्कारलाई बढाउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

धितोपत्र नियमनकारी अन्तराष्ट्रिय संस्था ‘इन्टरनेशनल अर्गानाईजेशन अफ सेक्यूरिटी कमिसन्स (आईओस्को)को सहकार्यका आयोजना गर्न लागिएको सो सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुहुनेछ । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारमा विज्ञहरु, लगानीकर्ताहरु सहभागी हुनेछन । वित्तिय साक्षरताका सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने र त्यसले नेपालको पूँजी बजारलाई चलायमान बनाउन ठोस सुझाव प्राप्त हुने विश्वास गरिएको छ ।

सम्मेलनमा वित्तिय समावेशीका विषयमा पनि विस्तृत छलफल हुने बोर्डले जनाएको छ । कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डको रजत जयन्तिको अवसर पारेर निश्काशन गरिएको सय रुपैयाँको चाँदीको सिक्का लोकार्पण गर्नु भएको थियो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: