×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले गर्यो ८ कार्यकारी निर्देशकको सरुवा, कसले कुन विभागको जिम्मेवारी पाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ कार्यकारी निर्देशकको सरुवा गरेको छ । आइतबारदेखि नै लागु हुने गरी कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी देवकुमार ढकालले पाएका छन् भने ढकाल यसअघि भुक्तानी विभागको जिम्मेवारी सम्हालिरहेका थिए । नियमन विभागमा प्रमुख रहेका 
यता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्रलाई भुक्तानी विभागको जिम्मेवारी दिएको छ । यस्तै विकास बैंक सुपरिवेक्षण विभागमा रहेका भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा पुगेका छन् । विकास बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी ऋषिकेश भट्टले पाएका छन् । भट्ट यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालिरहेका थिए ।
यसैगरी राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागमा रहेका महेश्वरलाल श्रेष्ठले संस्थागत सेवा विभागको जिम्मेवारी पाएका छन् । वाणिज्य बैंक सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्री आएका छन् । उनी यसअघि संस्थागत विभागमा प्रमुख थिए । संस्थागत विभागमा रहेका प्रदिपराज पाण्डेलाई वित्त कम्पनी व्यवस्थापन विभागको जिम्मेवारी दिईएको छ । राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । तिमिल्सिना यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् । यसअघि राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारीले सामान्य सेवा विभागको जिम्मेवारी पाएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: