×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कुरो त यस्तो पो आयो है ! आईफा अवार्डका लागि सरकारले बजेट नदिएको स्पष्टिकरण ! (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल टुरिजम बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया चलचित्र एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टयाउनु भएको हो । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्व बजेट दिन लागेको भन्दै सरकारको आलोचना भईरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाएको हो । प्रमुख कार्यकारी अधिकृत जोशीले सो कार्यक्रम आयोजनाका लागि करिव ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको र त्यसलाई बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले मिलेर व्यहोर्ने विषयमा छलफल भईरहेको पनि जानकारी दिनुभयो ।
बोर्डले सो अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । सो अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरुसहभागी हुने सो अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो ।
जोशीका अनुसार सो अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ । मन्त्रीपरिषद बैठकले सो अवार्डको आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: