×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक बर्ष २०७६-७७ मा कुन राशि भएकाको कति कमाउने योग छ ? हेरौं नयाँ आर्थिक बर्षको आर्थिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
मेष राशि भएकाहरुका लागि आर्थिक बर्ष २०७६-७७  शुभ देखिन्छ । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो २०७५ साल । आकस्मिक लाभ हुने योग छ । कमिसन एजेन्टहरुलाई यो बर्ष राम्रो छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक बर्ष २०७६-७७ बरिष राशी भएकाहरुका लागि फलिफाप  छ । चल अचल सम्पत्तिको कारोबार गर्नेहरुका लागि निकै राम्रो छ यो साल । जग्गाको कारोबार गर्नेहरुलाई सुखमय छ यो साल । जागिर खानेहरुका लागि पनि अघिल्लो बर्षभन्दा फाइदा जनक छ यो बर्ष ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक बर्ष २०७६-७७ मा मिथुन राशी भएकाहरुलाई यात्रासँग सम्बन्धित, सूचना तथा सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई निकै राम्रो छ । आर्थिक स्थितिमा सुधार आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशी भएकाहरुका लागि आर्थिक दृष्टिले राम्रो छ । कृषि, खाध्यको कारोबार, गर्नेहरुलाई निकै राम्रो छ यो बर्ष । सुनचाँदीको कारोबार गर्नेहरुलाई यो बर्ष निकै राम्रो छ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो बर्ष आर्थिक हिसावले त्यति राम्रो छैन । कठोर मेहेनत गर्नुपर्ने देखिन्छ । औसधिको कारोबार र सरकारी जागिर खाएकाहरुलाई केहि सहज छ । अरुलाई राम्रो छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो बर्ष राम्रो छैन । आर्थिक क्षेत्र खास मजबुत बन्ने देखिंदैन ।  सेयर बजारमा लागेकाहरुका लागि समय त्यति राम्रो छैन । खर्च नियन्त्रण गर्न समस्या हुनेछ । बैदेशिक रोजगारमा गएकाहरुका लागि समय त्यति राम्रो छैन । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो छ । नयाँ आम्दानीका स्रोतहरु जुट्नेछन् ।  उद्योग-धन्दामा लागेकाहरुलाई यो आर्थिक बर्ष निकै राम्रो छ । अरु सामान्य छ ।   
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  
यो राशिका मानिसहरुलाई यो आर्थिक बर्ष राम्रो छ । स्वतन्त्र पेशा लाग्नेहरुका लागि आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ । राम्रै आर्थिक फड्को मार्ने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्कुल, कलेज, न्यायालयमा काम गर्नेहरुलाई मात्र यो बर्ष राम्रो छ । अरुलाई यो बर्ष खासै फाइदा जनक छैन । आर्थिक हिसावले त झनै यो बर्ष धनु राशिका लागि राम्रो छैन ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिहरुका लागि यो बर्ष राम्रो छैन । नयाँ लगानीमा समस्या हुन्छ । ब्याजमा लगानी गर्नेहरुका लागि यो बर्ष राम्रो छैन । पैसा फस्ने योग छ । बैदेशिक रोजगारीमा असफलता हात पर्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खुद्रा व्यापार गर्ने, कपडाको व्यापार गर्नेहरुलाई यो बर्ष राम्रो छ आर्थिक हिसावले ।  अरुका लागि समय औसत छ । स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई यो समय राम्रो छ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नसोचेको लाभ हुने योग छ । मजदुरी गर्नेहरुका लागि झन् यो समय राम्रो छ ।  वित्तीय कारोबारबाट फाइदा हुनेछ । लागेको ऋण समेत तिर्ने योग छ ।

यो पनि हेर्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: