सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र  २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सबैको लघुवित्तको आइपीओ साउन ५ गते सम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ३० गते सम्म भर्न पाइनेछ ।  

उक्त आइपीओको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।


प्रकाशित मिति : Wednesday, July 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal