×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सञ्चार माध्यममा विदेशी लगानी स्विकार्य हुँदैन : सञ्चारमन्त्री गोकुल बास्कोटा (भिडियो रिपोर्ट)

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले सरकारले सञ्चार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाउनु भएको हो । सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एउटै सञ्चार माध्यामलाई रेडियो, टेलिभिजन र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिनुभयो । उहाँले सञ्चार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराउनुभयो ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कार्वाही हुने पनि बताउनुभयो । उहाँले संचार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: