×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खाडी जाने नेपालीलाई खुसीको खबर, पाकिस्तानको यस्तो निर्णयले सस्तो भयो टिकटको मूल्य !

काठमाडौँ । के तपाईं बैदेशिक रोजगारीका लागि खाडी जाँदै हुनुहुन्छ ? टिकट महँगो भयो भनेर चिन्ता छ ? यदी छ भने तपाईंका लागि खुसीको खबर छ । पाकिस्तानले विदेशी विमानलाई आफ्नो आकाश प्रयोगमा लगाएको प्रतिबन्ध हटाएसँगै खाडी जाने टिकट अव सस्तो हुने भएको छ ।
पाकिस्तानको यस्तो निर्नायापछी अव नेपाल एयरलाइन्सले पनि पाकिस्तानको आकाश भइ उड्ने पुरानो रुट प्रयोग गर्न पाउनेछन् । यसले प्लेन भाडा सस्तो बनाउनेछ । यस अगाडि काठमाडौंबाट दुबई, दोहा र ओमान जाने नेपाल एयरलाइन्सको जहाज नयाँ रुटबाट उड्न बाध्य थियो । जसले गर्दा विमानको लागत खर्च पनि महंगो भएको थियो ।
यता भारतले भने पाकिस्तानका विमानलाई भारतीय आकाश प्रयोगमा अझै पनि प्रतिबन्ध लगाएको छ । यदी उक्त प्रतिबन्ध हट्यो भने पाकिस्तानीहरुलाई पनि अन्य देशमा जान केहि सहज हुने देखिन्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: