×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सम्पत्ति विवरण पेश गर्नु भयो नि ? ख्याल गर्नुहोस् है ! राष्ट्रिय सतर्कता केन्द्रले थाल्यो यस्तो सोधीखोजी !

काठमाडौँ । के तपाईं सार्वजनिक पद धारण गरेको व्यक्ति हुनुहुन्छ ?  सम्पत्ति विवरण पेश गर्नु भयो नि ? छैन भने  ख्याल गर्नुहोस् है ! राष्ट्रिय सतर्कता केन्द्रले  यस विषयमा सोधीखोजी गर्ने भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि सम्पत्ति विवरण पेश गर्न अनुरोध गर्दै राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक सूचना जारी गरेर यस्तो सोधीखोजी गर्न लागेको संकेत गरेको हो ।
सार्वजनिक गरिएको सूचना अनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरुले आर्थिक वर्ष २०७५/७६ को सम्पत्ति विवरण सार्वजनिक धारण गरेको वा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र नेपाल सरकारले तोकेको ढाँचामा भरी बुझाउनुपर्नेछ ।
सूचनामा उल्लेख भएको जानकारी अनुसार जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका र प्रदेश सरकारको मन्त्रालयमा पेश भएका सम्पत्ति विवरणहरुको अभिलेख सम्बन्धि निकायले राखी सम्पत्ति विवरण बन्दी खामहरु तीस दिनभित्र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिसक्नुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: