साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, अव रकम झिक्न र राख्न बैंक जान नपर्ने

काठमाडौँ - 'साइन रेसुङ्गा डेभलपमेन्ट बैंक' र 'खल्ती डिजिटल वालेट'बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
प्रकाशित मिति : Monday, July 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal