×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: एक दिन पनि हाजिर नभई निरज श्रेष्ठले सनराइज बैंक छोडे, अध्यक्षलाई पत्र लेख्दै राजीनामा ! (भिडियो रिपोर्ट)

काठमाडौँ । निरज श्रेष्ठले एक दिन पनि बैंक नगई सनराइज बैंक छोडेका छन् । सीइओ नियुक्त भएका उनले कार्यभार नसम्हाल्दै प्रमुख कार्यकारी अधिकृत पद छोडेका हुन् । उनको नियुक्तिलाई लिएर सनराइज बैंकको सञ्चालक समितिमा ठूलो विवाद थियो । उनले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै बैंक छोडेको जानकारी गराएका हुन् ।

मालचन्द दुगड र शैलेन्द्र गुरागाइँले बिरोध जनाएपछि श्रेष्ठले अध्यक्ष मोतीलाललाई यस विषयमा सोधेका थिए । आफुले अर्थ सरोकार लगायत केहि मिडियामा यस विषयमा तिब्र विवादको कुरा सुनेको बताउँदै उनले यस विषयमा सोध्दा दुगडले बिबाद केही पनि नभएको भन्दै उनलाई असार २ गतेबाट बैंक आउन ‘हल्का’ जवाफ दिएका थिए । तर अर्थ सरोकारमार्फत बैंकको विवाद छताछुल्ल भएको देखेका उनले अन्तत: उक्त विवाद मिल्छ कि भनेर बैंकलाई १५ दिनको समय दिए । तर उक्त विवाद नमिलेपछि उनले बैंक छोडेका छन् ।
उनले अन्य केहि बैंकमा पनि सीइओका लागि कुरा गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: