आजबाट ५ प्रतिशतमा झर्यो पूँजीगत लाभकर, सेयर कारोबार बढ्ला त ?


काठमाडौँ - शेयर लगानीकर्तालाई खुसीको खबर छ । अव लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिरे पुग्ने भएको छ । साढे सात प्रतिशतका दरले लाग्दै आएको पूँजीगत लाभ कर आजबाट पाँच प्रतिशतमा झरेको हो।

यता साउन १ गतेबाट नै यता जग्गा बिक्रीमा पनि नयाँ तरिकाले कर लाग्ने भएको छ। निकायले बेचेको जग्गाको हकमा नाफामा १० प्रतिशत कर लाग्ने गरेको थियो । जसका कारण खर्च अस्वभाविक बढाएर नाफा कम देखाउने चलन समेत थियो।निकायहरुले पनि चाहिँदोभन्दा बढि कर लगाएको भन्दै आपत्ति जनाइसँगै आजबाट बिक्री मूल्यमा नै डेढ प्रतिशत कर लाग्नेछ । यस व्यवस्थाले एक खालको विवाद समाधान गरेको देखएको छ ।
प्रकाशित मिति : Wednesday, July 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal