×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८ औँ तीज मेला २०१९ साउन १६ गतेदेखि सुरु हुँदै, यस्ता छन् कार्यक्रमका मुख्य आकर्षण (भिडियो)

काठमाडौँ । यहि साउन १६ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा तीज मेलाको आयोजना हुने भएको छ । महिला सृजनशील केन्द्रको आयोजना र इभेन्टसंसार डटकमको व्यवस्थापनमा आयोजना हुन लागेको यो मेला मेलाको १८औं संस्करण हो । कार्यक्रमलाई कान्तिपुर मिडिया ग्रुपको ‘नारी’ मासिकले प्रस्तुत गरेको हो भने कार्यक्रमको मुख्य प्रायोजकका रुपमा एनआइसी एशिया बैंक र सेफ्टी सेनिटरी प्याड रहेका छन् ।

कुल ४ दिनसम्म चल्ने उक्त कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था रहेको उक्त कार्यक्रममा तीजको किनमेल, नेपाली खाना, नि:शुल्क स्वास्थ्य परिक्षण, नि:शुल्क मेहेन्दी, नि:शुल्क ‘हेयर-कट’, नि:शुल्क ‘नेल-आर्ट’ र विभिन्न सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहनेछन् । नेपालको सबैभन्दा ठुलो तीज मेलाको रुपमा रहेको यो मेलालाई ‘श्रीजनशील उद्यमी मेला २०७६’ को नामसमेत दिइएको छ ।
महिला श्रीजनशीलतालाई मुख्य प्राथमिकता दिइने उक्त कार्यक्रममा १ लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । श्रीजनशील महिलाहरुका लागि यो आफ्नो श्रीजनशीलता देखाउने ‘प्लेटफर्म’समेत बन्ने विश्वाश आयोजकले लिएको छ । यसै विषयमा हामीले महिला सृजनशील केन्द्रकि उपाधयक्ष देवाना राणासँग कुराकानी गरेका छौँ । हेरौँ यो कुराकानी : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: