×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्यटक बढे तर तीनले गर्ने खर्च घट्यो, किन कम भयो उनीहरुले गर्ने खर्च ?

काठमाडौं । नेपालमा आउने पर्यटकको संख्यामा दिनहुँ वृद्धि भएपनि खर्च र औसत बसाईको भने घटेको छ । ‘नेपाल टुरिजम स्टाटिस्टिक–२०१८’ को तथ्यांकअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा २५ प्रतिशतले भई कुल ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भित्रिएका थिए । 
सन् २०१७ मा ९ लाख ४० हजार २१८ पर्यटक नेपाल आएका थिए । नेपालमा ५ वटा देशबाट आउने पर्यटकको संख्या ५० प्रतिशत रहेको छ । जसमा भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा उच्च १६.५७ प्रतिशत, चीनबाट आउने पर्यटकको संख्या १३.१ प्रतिशत छ । यस्तै अमेरिकाबाट ७.८३ प्रतिशत, श्रीलंकाबाट ५.९४ प्रतिशत र बेलायतबाट ५.४१ प्रतिशत रहेको छ । 
‘नेपाल टुरिजम स्टाटिस्टिक–२०१८’ मा नेपाल राष्ट्र बैंकको रिपोर्टलाई आधारमा सन् २०१८ मा कुल ६९ अर्ब ७५ करोड ५ लाख ८४ हजार रुपैयाँ आम्दानी भएको छ । पर्यटकले गर्ने खर्चमा पनि १८ प्रतिशतले कमी आएको छ । सन् २०१७ मा एक जना पर्यटकले गर्ने खर्च प्रतिदिन औसत ५५ अमेरिकी डलर थियो भने सन् २०१८ मा प्रतिदिन औसत पर्यटकले ४४ अमेरिकी डलर मात्रै खर्च गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: