वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर साउन ९ देखि आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं - वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन ९ गतेबाट शतप्रतिशत हकप्रद सेयर खुल्ने भएको छ । संस्थाले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । 

यो हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Wednesday, July 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal