×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायी प्राधिकण गठन गर्ने सरकारको तयारी, आगामी हप्ता सो विधेयक संसदमा पेश हुने (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

यातायात व्यवसायी प्राधिकण गठन गर्ने सरकारको तयारी, आगामी हप्ता सो विधेयक संसदमा पेश हुने (भिडियो रिपोर्ट)

काठमाडौँ – सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिनु भएको हो । उहाँले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गर्ने पनि बताउनुभयो । शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवाको एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उहाँले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताउनुभयो । तर त्यसका लागि यातायात व्यवसायीहरुले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाई छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: