×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यतीको जहाज धावनमार्गमा चिप्लिएपछि आजका सबै उडान ‘डिले’, त्रिभुवन विमानस्थल अस्तव्यस्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

यतीको जहाज धावनमार्गमा चिप्लिएपछि आजका सबै उडान ‘डिले’, त्रिभुवन विमानस्थल अस्तव्यस्त !

काठमाडौँ । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि आजका घरेलुतर्फका सबै उडान डिले भएका छन् । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । 
चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालिएको छ ।’ धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण दुवै अवरुद्ध बनेको छ । 
आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: