आदर्श लघुवित्तको खुद नाफा १७ लाख ३१ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?


काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १७ लाख ३१ हजार रुपैयाँ कमाएको छ । संस्थाको खुद ब्याज आम्दानी १ करोड १ लाख ८० हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा २७ लाख २१ हजार रुपैयाँ रहेको छ। 

यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप ८ करोड ८३ लाख ९० हजार रुपैयाँ संकलन गरेर कर्जा १० करोड ५७ लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ । हाल चुक्ता पुँजी १ करोड ४० लाख रहेको संस्थाको जगेडा कोषमा १७ लाख ३१ हजार रुपैयाँ जम्मा भएको छ। 

यता, संस्थाको खराब कर्जा ०.३१% र कस्ट अफ फन्ड ७.८३% रहेको छ । केन्द्रीय कार्यालय बर्दिवास मोहत्तरीमा रहेको आदर्श लघुवित्त २०७५ साल पुस १ गतेदेखि सञ्चालनमा आएको हो । लघुवित्तले १० जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेर सेवा दिंदै आएको छ ।
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal