×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सत्यको जित : पत्रकार अर्जुन गिरीले मुद्धा जिते, अदालतले दियो सफाई !

काठमाडौँ –  ताण्डव न्युजका सम्पादक अर्जुन गिरीले मुद्धा जितेका छन् । गिरीलाई न्यायधिश विनोद कुमार पोखरेलको इजलासले सफाई दिएको हो ।

सम्पादक गिरीले पछिल्लो समय जग्गा कारोबारमा पोखराका चर्चित व्यवसायीबाट ठगिएका २ जनाको आवाजलाई समाचार बनाए स्वरुप उनीमाथि  ठगीका आरोपित व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । उक्त  मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए ।

काठमाडौं जिल्ला अदालतले (भदौ ८ गते) आइतबार सोही मुद्दाको छिनोफानो  गरेको छ ।  गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए भने यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: