×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको भरतपुर शाखामा भीषण आगलागी, कति भयो क्षति ?

भरतपुर – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चितवन शाखामा आगलागी भएको छ । भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमबार बिहान आगलागी भएको हो । बैकका शाखा प्रबन्धक इन्द्रमोहन न्यौपानेले दिएको जानकारी अनुसार आगलागीबाट भएको क्षतिको विवरण भने खुलेको छैन ।

आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: