×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको खुद नाफा २०.७२% ले वृद्धि हुँदा अन्य महत्वपूर्ण वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाडौं – सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २०.७२% ले वृद्धि गरेर ७६ करोड ४ लाख ७ हजार रुपैयाँ  पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ६२ करोड ९८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ५५ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५६.३६% ले र सञ्चालन नाफा २३.२१% ले बढाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब २० करोड २२ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ४० करोड ८३ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ९८ करोड ३६ लाख २४ हजार रुपैयाँबाट बढेर १ अर्ब २१ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको कारणले गर्दा खुद नाफा पनि बढेको हो । 
यो चौथौ त्रैमाससम्ममा बैंकले  ४२ अर्ब २ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ६९ करोड ४२ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ६१ करोड ९ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ ।बैंकको रिटेन्ड् अर्निङमा ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ रहेको छ । 
यता, बैंकको खराब कर्जा २.३७% पुगेको छ भने कस्ट अफ फन्ड ८.४५ % रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९८ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: