×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्ट्रल फाइनान्सले गर्यो प्रगति, खुद नाफा १२.१४%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ८ करोड ३६ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा १२.१४%ले धरै हो । अघिल्लो वर्ष कम्पनीले खुद नाफा ७ करोड ४६ लाख ३६ हजार रुपैयाँ कमाएको थियो । 
यस्तै, कम्पनीले खुद ब्याज आम्दानी २७.७८ % ले र सञ्चालन नाफा २०.६९% ले बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १९ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । यता, सञ्चाल नाफा १० करोड ७ लाख ६२ हजार रुपैयाँबाट बढेर १२ करोड १६ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले गर्दा खुद नाफा पनि बढेको देखिन्छ । 
यो चौथौ त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ६५ करोड १४ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २२ करोड ६४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८२ करोड ३३ लाख ९८ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा १९ करोड ४३ लाख ३६ हजार रुपैयाँ जम्मा भएको छ । 
यता, कम्पनीको खराब कर्जा ०.९४% बाट बढेर १.११% मा पुगेको छ भने कस्ट अफ फन्ड ७.७६% रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: