×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागरिक लगानी कोषले २२% बोनस सेयर पारित गर्न भदौ ३० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – नागरिक लगानी कोषको २४ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । कोषको बुधबार बसेको सञ्चालक समितिको बैठक उक्त मितिमा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११.३० बजे गर्ने निर्णय गरेको हो। 
उक्त साधारणसभाले कोषले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार कोषले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । साधारण सभा गर्न नागरिक लगानी कोषले भदौ १९ गते बुक क्लोज गर्दैछ । भदौ १८ गतेसम्म कायम रहने सेयरधनी मात्र कोषले वितरण गर्ने लाभांशको हकदार हुनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: