नागरिक लगानी कोषले २३.१६% लाभांश पारित गर्न भदौ ३० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं - नागरिक लगानी कोषले वार्षिक साधारण सभा भदौ ३० गते बोलाएको छ। कोषले सभा प्रायोजनका लागि भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । 

यस अनुसार कोषको २३.१६% लाभांश सुरक्षित गर्न भदौ १८ गते बुधबारभित्र सेयरधनी बनिसक्नुपर्नेछ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिन लागेको हो । आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ ।
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal