×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ६७.१२% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६७.१२% ले बढोत्तरी गरेर १७ करोड ४ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले खुद नाफा १० करोड २० लाख रुपैयाँ कमाएको थियो । 
कम्पनीले खुद बिमा शुल्क पनि २१२.९५% ले वृद्धि गरि १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सिटिजन्सले ३६ करोड रुपैयाँ मात्र खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । कम्पनीको बिमा कोषको आकार पनि ४६३.३३% ले बढाएर ६६ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ ।
चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा २५ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोष १५७.१७% ले धेरै हो । कम्पनीको महाबिपत्ती कोषमा २ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: