एभरेष्ट इन्स्योरेन्सले असोज १ मा बोलायो साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले २४औँ वार्षिक साधारण सभाको लागि असोज १ गते बोलाएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितीको ९७औँ बैठकले कम्पनीको साधारण सभा उक्त मितिमा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे गर्ने निर्णय गरेको हो । 

उक्त साधारण सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा अनुमोदन गरिने छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । तर, कम्पनीले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


प्रकाशित मिति : Friday, August 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal