×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आजैबाट खुस्कियो एभेरेष्ट बैंकका अध्यक्षको पद ! यसकारण राष्ट्र बैंकको टार्गेटमै थिए बिके श्रेष्ठ !

काठमाडौँ । एभेरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको पद आजैक मितिबाट खुस्किएको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अवदेखि ७० बर्षभन्दा माथि रहेका व्यक्ति बैंकको अध्यक्ष बन्न नपाउने र बनिरहेकाहरुको हकमा ७४ काटेका व्यक्ति बैंकका अध्यक्ष भएको खण्डमा पदमुक्त हुने जानकारी दिएपछि आजैका मितिबाट श्रेष्ठ पदमुक्त हुने भएका हुन् । सर्कुलर सर्कुलर जारी भएकै दिनबाट लागु हुने प्रावधान छ ।

यता श्रेष्ठले भने भोलि संचालक समितिका सदस्यहरुलाई बोलाएर भेट गरी बैंकबाट बिदा हुने तयारी गरिरहेका छन् । एभेरेष्ट बैंकका एक संचालकले दिएको जानकारी अनुसार राष्ट्र बैंकको सर्कुलर आउने बित्तिकै उनले केहि संचालकहरुलाई फोन गरी आफुले बैंक छोड्नु परेको जानकारी गराएका थिए ।

यसो त उनी यसअघि देखि नै राष्ट्र बैंकको टार्गेटमा थिए । राष्ट्र बैंकलाई धेरै कुरामा अटेरी गरेको भन्दै कुनै न कुनै रुपमा एभेरेष्ट बैंकलाई टार्गेटमा राखेर कदम चाल्ने राष्ट्र बैंकको तयारी थियो ।  

यता यो सर्कुलरले अवैध रुपमा प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका नारायणदास मानन्धरलाई पनि मज्जाको दनक दिएको छ । उनी नेपाल राष्ट्र बैंकको नियम मिचेर प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेपछि उनको पद खुस्किएको छ । राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सीइओमा नियुक्त भइसकेकाले ६९ बर्षसम्म काम गर्न मिल्ने आशय छ । तर उनी ६९ कटिसकेका छन् । यसर्थ उनी आजैबाट पदमुक्त भएका छन् । 
सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: