सुनको मूल्य इतिहासकै महँगो, व्यवसायी भन्छन्,'७५ हजारसम्म पुग्न सक्छ'


काठमाडौँ - सुनको मूल्य झन्झन बढ्दै गइरहेको छ । सोमबार प्रति तोला ७० हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ७१ हजार मूल्यमा कारोबार भईरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

त्यस्तै गरी चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ । यद्यपी सुनको मूल्य ७५ हजारसम्म पुग्न सक्ने व्यबसायीको भनाई छ।
प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal