तीजको मुखमा फेरि बढ्यो सुनको मूल्य, किनबेच ठप्प प्राय !

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ७२ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ७३ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ । 

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ९ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal