×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सले गर्यो ७% बोनस सेयर दिने घोषणा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सले गर्यो ७% बोनस सेयर दिने घोषणा !

काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति ५६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट ७% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३६% नगद दिने निर्णय गरेको हो । संस्थाले ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ लाख ८१ हजार ३१५ रुपैयाँको नगद वितरण गर्ने भएको छ। 
हाल गणपतिको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: