×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकैदिन गण्डकी विकास बैंकको ४ शाखा विस्तार


काठमाडौं – गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् ।
यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसँग बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ ।
बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एविविएस, एटिएम, ईसीसी आईपिएस्, सी एएसबिए, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवाप्रदान गरिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: