×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अधिकांश सूचकहरुमा सुधार गर्दै गरिमा विकास बैंकले कमायो ५९ करोड २२ लाख रुपैयाँ, १६% लाभांश दिनसक्ने क्षमता !

काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले यस त्रैमासमा अधिकांश सूचकमा सुधार भएको छ । बैंकले यो चौथौ त्रैमासमा खुद नाफा २६.३२%ले वृद्धि गरेर ५९ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता रहेको छ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी ३७.६४% ले र ३१.८४% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्व ४० करोड ५२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानी १ अर्व २ करोड ९ लाख २१ हजार रुपैयाँ आर्जन गरेको थियो । यता, सञ्चालन नाफा ६४ करोड ९७ लाख ५० हजार रुपैयाँबाट बढाएर ८५ करोड ६६ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ ।    
यो चौथौ त्रैमाससम्ममा बैंकले २६ अर्व ७८ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी  २८ अर्व २० करोड १७ लाख  रुपैयाँ कर्जा प्रवाह गर्न सफल रहेको छ । बैंकको चुक्ता पुँजी पनि १०% ले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको रिजर्भ कोष २५.२८% ले वृद्धि गरेर ४९ करोड २ लाख रुपैयाँ जम्मा गरेको छ । 
बैंकको खराब कर्जा ०.२०%मा झरेको छ ।  बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: