×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोल्यान समूहको ‘माटो’ नामक ‘ब्राण्ड’ सार्वजनिक, फलफुलदेखि महसम्मका वस्तुहरु छिट्टै बिक्री गर्ने तयारी

काठमाडौं – प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले प्राङगारिक कृषि उपजको उत्पादन तथा विक्रि वितरण शुरु गरेको छ । बैंकिङ्ग, जलविद्युत लगायतका आधा दर्जनभन्दा धेरै व्यवसायमा लगानी गरीरहेको समूहले आईतबार पत्रकार सम्मेलन गरी माटो नामक ब्राण्ड सार्वजनिक गरेको हो । ब्राण्डबाट देश भित्र उत्पादत विषादिमुक्त कृषिजन्य उत्पादनहरुको विक्रि वितरण गर्ने तथा कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सृजना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल झापामा रहेको २ सय बिगाहा जमीनमा बिषादी र रसायन प्रयोग नगरी कृषि उपजहरुको उत्पादन गरीरहेको छ । साथै देशभरिबाट नै विषादिमुक्त उत्पादनहरु संकलन गरी रहेको छ । कम्पनीले बिभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुबाट संकलन गरी विषादिमुक्त कृषिजन्य उत्पादनहरुलाई माटो ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा ल्याइएको जानकारी दिएको छ ।

कम्पनीले ब्राण्डमाफत् अधिकतम मौसमि तरकारीको विक्रि वितरण गरी रहेको छ भने फलफूल, चिया, कफी, मसला, चामल, मह लगायतका कृषि उपजहरुको विक्रि वितरण चाडैं सुरु गर्ने तयारी गरेको पनि जनाएको छ । माटोब्राण्ड हाल काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायत स्टोरहरुमा उपलब्ध छन् ।हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: