गोर्खाज फाइनान्सले मार्यो छलांग, खुद नाफा ५३२.३५% ले वृद्धि !

काठमाडौं - गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५३२.३५% ले वृद्धि गरेर ७ करोड १० लाख १३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यहि अवधिमा कम्पनीले १ करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १७.९६% र ११३८.२९ ले बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी २४ करोड ७१ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा ८८ लाख ९६ हजार रुपैयाँबाट बढेर ११ करोड १ लाख ५८ हजार रुपैयाँ पुगेको छ । 

यो चौथौ त्रैमाससम्ममा कम्पनीले ६ अर्व ८३ करोड निक्षेप संकलन गरी ५ करोड १३ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको रिजर्भ फन्ड ४६.५६%ले बढेर ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको खराब कर्जा ४.६% मा झरेको छ । ब्याज आम्दानी र सञ्चालनमा वृद्धि हुनु अनि खराब कर्जामा समेत सुधार आउँदा कम्पनीको नाफामा सकारात्मक प्रभाव देखिएको हो । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४३ पैसा रहेको विवरण उल्लेख छ ।
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal